काठमाडौं, १७ भदौ,। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’का नेता बामदेव गौतम र महासचिव विष्णु पौडेल सिंगापुर जाने भएका छन् ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न दुबै नेता भोलि १ बजे सिंगापुरतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।भदौ ५ गते स्वास्थ्य उपचारका लागि सिंगापुर पुगेका ओलीको प्रधानमन्त्री ओलीको प्लाज्मा फेरेसिक प्रक्रियाबाट शरीरमा रहेको एन्टीबडी घटाउने अन्तिम उपचार हुँदैछ ।
यो उपचारअघि ओलीलाई भेट्ने र सँगै फर्किने योजनाका साथ दुबै नेता सिंगापुर जान लागेको समाचार स्रोत जानकारी दिएको छ ।