१३ भदौ, काठमाडौं । अल
कायदा विद्रोही समूहले सन् २००१ सेप्टेम्बर ११ मा न्युयोर्क शहरमा अवस्थित
ट्वीन टावर आक्रमणपछि अमेरिकी सेनाले अफगानिस्तानमा आक्रमण गरेको थियो ।
त्यसपछि
अफगानिस्तानमा अमेरिकी सेना प्रवेश गरेको थियो । उक्त आगमनको दुई दशक
पुग्न लागेको छ । यतिखेर भने अफगानिस्तानमा अमेरिकी सेनाको संख्या कटौतीको
चर्चा शुरु भएको छ ।
वासिङ्गटनले बिहीबार अफगानिस्तानमा रहेको अमेरिकी सेनाको सङ्ख्या १३ हजारबाट ८ हजार ६ सयमा झार्ने घोषण गरेको थियो । तालिबान लडाकू समूहसँग अमेरिकाले गरिरेहको शान्ति वार्ता टुङ्गो लाग्न लागेको बेला उक्त घोषणा भएको बताइएको छ ।
सन् २००१ सेप्टेम्बर ११ मा भएको न्युयोर्क
र वासिङटनमा करिब ३ हजार ज्यान जाने गरी भएको आक्रमणको एक महिनापछि
तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू बुश प्रशासनले सन् २००१ को अक्टोबर ७ मा
अफगानिस्तानमा अमेरिकी सेना पठाउने निर्णय गरेको थियो ।
अफगानिस्तानमा
उक्त समयमा कट्टरपन्थी तालिबान शासकहरुले ओसामा बिन लादेन र उनको
नेतृत्वमा रहेको अल कायदा नामक आतंककारी संगठनलाई शरण दिइरहेको थियो ।
ट्वीन टावरमाथि आक्रमण सोही समूहले गरेको थियो ।
यसै
कारण उक्त संगठनमाथि अमेरिकाको नेतृत्वमा कारबाही शुरु भएको थियो ।
अमेरिकी सेनाको नेतृत्वमा पछि केही नेटो सैन्यको पनि सहभागिताबाट
अफगानिस्तानमा तालिबानमाथि कारबाही थालियो र यसलाई आतङकवाद बिरूद्धको युद्ध
भनिएको थियो ।
सन् २०१४ को डिसेम्बरमा
अमेरिकी नेतृत्वमा रहेका प्रायः सैनिक अफगानिस्तानमा फर्किसकेका थिए ।
अमेरिका र अफगानिस्तानबीच भएको सम्झौता अनुरुप १२ हजार ५०० विदेशी सैनिक
अफगानिस्तानमा रहने सम्झौता भएको थियो ।
हाल यस संख्यालाई अझै कटाएर ८ हजार ६०० जना मात्र अमेरिकी सेना अफगानिस्तानमा राख्ने विषयमा अमेरिकाले प्रस्ताव गरेको छ ।
उता
अफगान तालिबानसँग अमेरिकाले शान्तिवार्ता जारी राखेको बताइएको छ । शान्ति
वार्ता जारी रहेका बेला यता अमेरिकाले भने अफगानिस्तानबाट सेना कटौतीको
प्रस्ताव गरेको छ ।