खगेन्द्र भण्डारी
पोखरा ९, भदौ। स्याङ्जाको चापाकोट नगरपालिका वडा न ९ स्थायी ठेगाना भएकी बिगत केही बर्षदेखि काठमाडौंको बसुन्धरा मा बस्दै आएकी १८ बर्षिय रेजिना डोटेल गत शनिवारवाट बेपत्ता भएकी छन।
गोल्डेन गेट कलेज काठमाडौंमा कक्षा १२ मा अध्ययनरत उनी गत भदौ ७ गते सनिवार पुल्चोक इन्जिनियरिङ कलेजको इन्ट्रान्स परिक्षा दिन कोठाबाट हिडेको र हालसम्म हराइरहेको उनका दाजु ब्रम्हाण्ड डोटेलले बताएका छन।
सनिवारदेखि हराएकी उनको पोखरा महानगरपालिका वडा नं २९ र ३३ जोड्ने बागमारा स्थित मझौरेघाट पुलमा हिजो झोला र झोला सङ्गै सर्टिफिकेट, जन्मदर्ता समेत भेटिएको इलाका प्रहरी कार्यालय हंसपुर डाँडाको नाक कास्कीका प्रहरी निरीक्षक गोपिकृष्ण सुवेदीले जानकारी दिएका छन ।
उनका अनुसार पुलमा झोला भेटिएको कारण कतै पुलबाट हामफालेको त होइन भन्ने आसंकाले हामिले रेस्क्यु टोलि बोलाएका छौ र निरन्तर खोजिकार्य भैरहेको बताए ।