काठमाडौँ – २, भदौ ।
भारतका विदेशीमन्त्री डा
सुब्रह्मण्यम जयशंकर नेपाल आउने भएका छन् । उनी बुधबार काठमाडौं आउने परराष्ट्र
मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा भारतीय विदेश मन्त्री डा। जयशंकरले
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने
कार्यक्रमसमेत तय भएको छ ।
नेपाल–भारतको संयुक्त
कमिसनको पाँचौं बैठकमा सहभागी हुन जयशंकर नेपाल आउन लागेका हुन् । २१ र २२ अगस्टमा
काठमाडौंमा संयुक्त कमिसनको बैठक बस्दैछ । बैठकमा नेपाली टोलीको नेतृत्व
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय टोलीको नेतृत्व विदेशमन्त्री डा।
जयशंकरले गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री ओली भदौ ४ गते
स्वास्थ्य जाँचका लागि सिंगापुर जाने कार्यक्रम रहेकोमा त्यसै दिन नेपाल आउने भारतीय
विदेशमन्त्री जयशंकरलाई भेट्ने कार्यक्रम तय भएकाले ओली त्यसको भोलिपल्ट अर्थात
भदौ ५ गते सिंगापुर जाने सरकारी उच्च स्रोतले बताएको छ ।
भदौ ५ गते सिंगापुरस्थित
नेशनल युनिभर्सिटी अस्पतालका विशेषज्ञ चिकित्सकसँग समय लिएकाले चार गते त्यसतर्फ
प्रस्थान गर्ने ओलीको कार्यक्रम थियो।