भरतपुर–२, भदौ ।
चितवनको भरतपुर महानगरपालिका–१० चौबीसकोठी चोक
राष्ट्रिय वाणिज्य बैंकको कार्यालय भवनमा आज बिहान आगलागी भएको छ । बिहान ७
स् ३० बजेदेखि लागेको आगो डेढ घण्टामा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय
चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिए ।
दुई तले सो भवनको आगलागीबाट
तल्लो तलाका अधिकांश सामान जलेर नष्ट भएका छन् । वाणिज्य बैंकको शाखा प्रमुखको कार्यकक्ष जलेर ध्वस्त भएको छ ।
आगलागीबाट भएको क्षतिको यकिन विवरण सङ्कलन भइरहेको छ ।
भरतपुर महानगरपालिका, रत्ननगर
नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र
स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । विद्युत् सर्ट भएर आगलागी भएको र
महत्वपूर्ण कागजात,पैसाको लकर र सर्बर सुरक्षित रहेको सहायक प्रमुख
जिल्ला अधिकारी जनकराज पन्तले बताए ।