हिमदुत सम्वाददाता
स्याङ्जा–३२, साउन ।
श्रीस्वस्थानी व्रत कथामा आधारीत भगवान शिवले शतिदेवीको मृत शरिर वोकेर हिड्दै गर्दा अन्तिम शेष अंग पतन भएको स्थान छाँयाँक्षेत्र मन्दीरको भौतिक पूूर्वाधार निर्माण सहयोगार्थ गत साउन एक गतेदेखि सन्चालन भएको एक महिने शिव महाआरती आजवाट सकिएको छ ।
शिव महाआरतीको समापन गर्दै पूर्व मन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रिय सदस्य गोपालमान श्रेष्ठले धार्मिक क्षेत्रको विकासवाट जिल्लाको आर्थिक विकास समेत हुने वताएका छन् । स्याङ्जामा आफ्नै नेतृत्वमा विकासको लहर ल्याएको वताउदै श्रेष्ठले हालको जिल्लावाट केन्द्रमा नेतृत्व गर्ने नेताहरुले जिल्लाको विकास गर्न नसकेको वताएका थिए । पंचायतमा एउटा झलङु्गे पुलका लागि राजाको सवारी कुर्नु पर्ने अवस्था थियो । त्यो अवस्थामा रहेको जिल्लालाई पुुलको आवश्यकता आफ्नै कार्यकालमा पुरा गरेको दावी गरेका थिए ।
समापन कार्यक्रममा पूर्व पर्यटन मन्त्री बलवहादुर केसीले धार्मिक स्थलमा भगवान र भक्तको सम्वन्ध दिलको हुने हुनाले धार्मिक क्षेत्रको विकास दिल फुकाएर गर्न आग्रह गरे । खोटाङको हलेसी र स्याङ्जाको छाँयाँक्षेत्रको धार्मिक हिसावमा कुनै फरक नभएको उल्लेख गर्दै पूर्व मन्त्री केसीले नेपाल भगवानहरुको मुख्य थलो रहेको स्प्रष्ट पारे ।
समापन कार्यक्रममा गण्डकी प्रदेशका सांसद मेखलाल श्रेष्ठ, भिरकोट नगरपालिकाका नगर प्रमुख छायाँराम खनाल, नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष सरस्वती तिवारी, पुुतलिबजार नगरपालिकाका नगर प्रमुख सिमाकुमारी क्षेत्री, भिरकोट ४ का वडा अध्यक्ष चन्द्रवहादुर बस्नेत, नेपाली काँग्रेसका क्षेत्रीय सभापती अर्जुन प्रकाश अर्याल, नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्मा, नेकपाका तर्फवाट डोलराज ढुुंगाना, नेपाली काँग्रेसका पूर्वा कार्यवहाक सभापती मुक्तिप्रसाद सुवेदी, भिरकोट नगरपालिकाका उपप्रमुख सिमा केसी, मन्दिर व्यवस्थापन समितीका गोविन्द कर्माचार्य लगायतले यस क्षेत्रको महिमा र यसको विकासका वारेमा वोलेका थिए ।
साउन महिना भगवान शिवको आरधना गर्ने महिना भएकोले प्रसिद्ध छायाँक्षेत्र मन्दीरमा एक महिना महाआरती गरिएको हो ।
यस अवधिभर कलश, मन्दीरको आजिवन सदस्य, आरती गर्ने कर्ता र अन्य दान सहयोगवाट मन्दीरलाई झण्डै ८० लाख संकलन भएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । जसमा भिरकोट नगरपालिकाले ३ लाख ५१ हजार सहयोग गरेको छ । भने वरिष्ठ यूवा उद्यमी खुमा अर्यालवाट दुई लाख ५१ हजार दान सहयोग प्राप्त भएको छ । अन्य रु एक लाख सहयोग गर्ने भिरकोट नगरपालिकाका क्या. दुर्गावहादुर थापा, लोकवहादुर सेन र गरिमा विकास बैंक रहेका छन् । भने ५० हजार २५ हजार दिने दानदाता पनि प्रशस्त रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । यस अवधीमा मन्दीरको सात सय जनाले आजिवन सदस्यता वनेर सहयोग गरेका छन् । शिव महाआरती पं. प्रकाश तिवारीले कथावाचन गरेका थिए ।
एक महिना अवधिभर सन्चालन गरिएको कार्यक्रममा झण्डै २० लाख खर्च अनुमान गरिएको समेत अध्यक्ष श्रेष्ठले हिमदुतलाई जानकारी दिए ।