लम्जुङ–२९, साउन ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनतासँग नजिकको सम्बन्ध बनाएर काम गर्न नेता, कार्यकर्ता तथा जनप्रतिनिधिलाई आग्रह गरेका छन ।
बेँसीशहरस्थित मदन–आश्रित भवनमा आयोजित नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० लमजुङको दोस्रो बैठकलाई सम्बोधन गर्दै नेकपा गण्डकी प्रदेश कमिटीका इन्चार्जसमेत रहेका गुरुङले बदलिँदो समय र परिस्थितिसँगै आफूलाई परिवर्तन गरी अघि बढ्न सबैलाई आग्रह गरेका थिए ।
“कार्यकर्तामा व्यक्तिवादी चिन्तन हाबी हुँदै गएको छ”, मुख्य मन्त्रीले भने । विगतका राम्रा काम र नीतिका कारण नेकपाले दुई तिहाइको सरकार बनाउन सफल भएको उनको भनाइ थियो ।
बैठकमा नेकपा गण्डकी प्रदेशका सचिव गोविन्द नेपाली, नेकपा गण्डकीका मुख्य सचेतक मायानाथ अधिकारी, जिल्ला सह–इन्चार्ज अमरबहादुर गुरुङलगायतले आ–आफ्नो धारणा राखेका थिए ।