हिमदुत सम्वाददाता
चापाकोट–२७, साउन ।
ज्याग्दीखोलामा माछा मार्ने क्रममा डुवेर दुईजनाको मृत्यू भएको छ । मृत्यू हुनेमा चापाकोट नगरपालिका वाड नं ५ का ५५ वर्षका बीरवहादुर थापा र सोही ठाँउका ४५ वर्षका निरवहादुर आलेको खोलामा डुवेर मृत्यू भएको चापाकोट प्रहरीले जनाएको छ ।
सोमवार दिउसो ४ वजे उनीहरु माछा मार्न गएका थिए । उनीहरु संग बमबहादुर आले पनि संगै माछा मार्न गएको वुझिएको छ ।
मृतक मध्ये नीरबहादुर आले राम मन्दीर माविका शिक्षक हुन । मृतकहरुको शव खोलावाट झिकिएको र पोष्टमार्टमका लागि वालिङ ल्याउने तयारी भइरहेको चापाकोट नगरपालिकाका सल्लाहकार विश्वास पुरीले हिमदुतलाई जानकारी दिए ।