पाल्पा : पाँच बुँदे घोषणापत्र तयार गर्दैै कालीगण्डकी नदी उत्तरबाहिनी क्षेत्रमा चलेको अन्तर्राष्ट्रिय सर्प कार्यशाला सकिएको छ । पाल्पाको रम्भा गाउँपालिका, स्याङ्जाको गल्याङ नगरपालिका, वन तथा कृषि विश्वविद्यालय चितवन रामपुर र कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको आयोजनामा कार्यशाला भएको हो । नागपञ्चमीको अवसर पारेर शनिबारदेखि शुरु भएको कार्यशाला सोमबार सकिएको हो ।
पाल्पाको रम्भा गाउँपालिका–१ तथा गल्याङ नगरपालिका मालुङको सीमा क्षेत्रमा तीन दिनसम्म चलेको कार्यशालाले नागपञ्चमीको दिनलाई अन्तर्राष्ट्रिय सर्प दिवस मनाउनका लागि नेपाल सरकारमार्फत सम्बन्धित निकायमा पठाउने, ‘सर्पबाट बचौँ, सर्पलाई बचाऊँ’ भन्ने मूल नारालाई साकार बनाउने, अन्तर्राष्ट्रिय सम्मेलन २०७७ को नागपञ्चमीको दिन चितवनमा सञ्चालन गर्ने, कार्यशाला गोष्ठीबाट निस्केका निष्कर्षलाई हुबहु सम्बन्धित निकायमा पठाउने घोषणापत्र तयार पारिएको छ ।