एजेन्सी,
इटालियन क्लब नापोली जाने चर्चा चलिरहेका बेला रियल मड्रिडका स्टार जेम्स रोड्रिग्वेज अिभ्यासमा फर्किएका छन् । कोलम्बियन स्टार रोड्रिग्वेज आज सोमबार बिहानदेखि क्लबको अभ्यासमा फर्किएका हुन् ।
रियलको पहिलो रोजाइमा पर्न संघर्ष गरिरहेका रोड्रिग्वेज आजबाट आफ्ना टिममेटका साथमा क्लबको काममा फर्किएका हुन् । रोड्रिग्वेज सहकर्मी क्यासेमिरो र इडर मिलिटाओका साथै अन्य खेलाडीका साथमा क्लबको अभ्यासमा फर्किएका हुन् । उनले अभ्यास गरिरहेको फोटो रियलको आधिकारिक वेभसाइटमार्फत् सार्वजनिक भएको हो ।
उनी काममा फर्किएसँगै उनको भविष्यलाई लिएर भइरहेको अन्यौलताको पनि अन्त्य हुने सम्भावना छ । पछिल्लो समय रियलको पहिलो रोजाइमा पर्न संघर्ष गरिरहेका उनी नापोली जाने चर्चा चलेको थियो । उनले आधिकारिक रूपमा यसका बारेमा जानकारी नदिएतापनि नापोलीले भने उनलाई क्लबमा भित्र्याउने इच्छा देखाएको थियो ।