हिमदुत सम्वाददाता
काठमाडौं । बालुवाटारको ललिता निवास प्रकरणमा मुछिएका एक पूर्वसरकारी कर्मचारीको काठमाडौंस्थित एक मलबाट खसेर मृत्यु भएको हो ।
सरकारी जग्गा व्यक्तिको नाममा ल्याइएको दावीसहित विवादमा आएको बालुवाटारको ललिता निवास प्रकरणमा मुछिएका पूर्वनायब सुब्बाले ५४ वर्षीय युक्तिप्रसाद श्रेष्ठको बालाजुको माछापोखरी सपिङ मलबाट खसेर मृत्यु भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ताको तयारी गरिरहँदा श्रेष्ठको मृत्यु भएको छ । उनको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पर्वत स्थायी घर भएका श्रेष्ठ मालपोत कार्यालयमा रहँदा भू माफियासँग मिलेर सरकारी स्वमित्वमा रहेको ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोप छ ।