हिमदुत
सम्वाददाता
स्याङ्जा १२, साउन । नेपाल सरकारले व्यवस्था गरेका वर्तमान कर÷राजस्व नीति तथा व्यवस्थाको सन्दर्भमा
व्यवसायीलाई कर शिक्षा प्रदान गरिएको छ । श्रावण १ गते देखि सरकाले भीटिसिएस कर
प्रणाली लागु गरेपछि अन्योलमा रहेका व्यवसायीलाई कर शिक्षा मार्फत जानकारी गराइएको
हो । अनलाईन सिस्टमबाट कर असुली गर्ने प्रणालीको विकास सगै वालिङका व्यवसायी
अन्योलमा पर्दै आएका थिए । एक हप्ता अगाडी वालिङ उद्योग वाणिज्य संघले यो
प्रणालीलाई विस्तारै लागु गर्न आग्रह गर्दै विज्ञप्ती मार्फत समेत सरकारलाई
ध्यानाकर्षण गराएको थियो । वालिङ उद्योग वाणिज्य संघको आयोजना र आन्तरीक राजस्व
कार्यालय पोखराको प्राविधिक सहयोगमा कर शिक्षा कार्यक्रम आयोजना गरिएको थियो ।
अधिकांश व्यवसायीले सरकारले लागु गर्न खोजेको कर प्रणाली व्यवहारीक नभएको गुनासो
गरेका थिए ।
व्यवसायीहरु
सरकारलाई कर तिर्न उत्सुकता भएपनि झन्झटीलो परिपाटीले गाह्रो हुने गरेको
व्यवसायीहरुले बताएका थिए । सहज र सरल प्रणाली लागु गर्न सकेमा साना व्यवसायीलाई
करको मुलधारमा ल्याउन सहज हुने उनीहरुले बताएका थिए । व्यवसायी पुराना तर करको
कानुन नयाँ आउदा कर प्रणाली अत्यन्तै झन्झटिलो महशुष भएको सहभागी व्यवसायी टिकाराम
डुम्रेले बताए । सयौको संख्यामा सहभागी भएका व्यवसायीले उठाएको जिज्ञासाको उत्तर
आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख केशव कुमार उप्रेतीले प्रदान गरेका थिए ।
सरकारले ल्याएको कर प्रणाली अत्यन्तै सरल छ, तर व्यवसायी कर कार्यालय सम्म पुग्नै चाहानु हुदैन
उप्रेतीले भने,“विचौलियाका कारण
कर प्रणाली झन्झटिलो महशुष भएको होला ।” खरिद र बिक्रिको हिसाब किताव राम्रो सगँ
राखेर आएको फाइदाको कर तिर्न किन बिचौलियाको प्रयोग गर्ने उप्रेतीले व्यवसायीलाई
भने ।
बर्षकोएक पटक कर
कार्यालयमा गएर आफ्नो खाता हेर्ने परिपाटीको बानी बसाल्न सक्ने हो भने कर के हो
भन्ने सबैलाई थाहा हुने उप्रेतले बताए । अब किन्नेले पनि विल लिने र बिक्रि
गर्नेले पनि विल दिने काम गर्नु होला उप्रेतीले भने,“किन्ने र खरिद गर्ने दुवैले बिलको कारोवार नभएमा दुवैलाई
सजायको व्यवस्था छ ।” त्यसैले अनिबार्य खरिद बिक्रिमा विलको प्रयोग गर्न नछुटाऊ कर
प्रमुख उप्रेतीले सहभागीलाई सुझाए ।
कर शिक्षा कार्यक्रममा
वालिङ नगर प्रमुख दिलिपप्रताप खाँणले कर तिर्नु नागरिकको दायीत्व भएको बताए । कर
प्रणालीको कानुनलाई सरल र जनताले बुझ्ने खालको हुनुपर्ने सुझाव खाँणले दिए ।
बाह्रय सामाग्री खरिद गरेर राष्ट्रवादी नहुने बताउदै नगर प्रमुख खाँणले स्वदेशमै
उत्पादन र स्वदेशमै रोजगारको अवस्था सिर्जना गर्न सरकार सगँ माग गरे । मुलुकमै
उत्पादन गर्ने उद्यमी राष्ट्रवादी हुने संज्ञा दिदै नगर प्रमुख खाँणले भारत र
चिनलाई गाली गरेर राष्ट्रवादी नहुने जिकिर गरे । मुलुकको आर्थिक आय बढाउन स्वदेशमै
उत्पादनको खोजी हुनुपर्ने सुझाव खाँणको थियो । वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष
शोभाकान्त पौडेल, उपाध्यक्ष गिरमान
गुरुङ्, महासचिव धु्रवविक्रम खाँण
लगायतका व्यवसायी नेताहरुले सबै व्यवसायीलाई कर तिर्ने प्रणालीका बारेमा बेला
बेलामा छलफल हुनुपर्ने बताएका थिए । सहजै तिर्दै आएका व्यवसायीलाई एकै चोटी झन्झटिलो
व्यवस्था लागु गर्दा व्यवसायी शसंकित हुन पुगेको उनीहरुले बताएका थिए ।