?
हिमदुत सम्वाददाता
स्याङजा १२ साउन ।
आइतवार स्याङ्जाको वालिङमा वालिङ जेसीज र नमस्ते आँधीखोलाद्धारा आयोजित सकारात्मक सोंचको विकासका लागि सकारात्मक सोच अभियानका अभियान्ता कर्ण शाक्यले शाक्यले देशमा भएका अनेकौँ प्राकृतिक श्रोतहरु नचिनेकै कारण नेपाल पछि परेको वताएका छन् । जैविक विविधताले भरिपूर्ण देशले प्राकृतिक सम्पदाको समुचित विकास गर्न नसक्दा देशनै पछि परेको धारणा व्यक्त गरेका छन ।
नेपालमै प्रशस्त सम्भावना रहेको बताउँदै शाक्यले नेपालीहरु पैसाका लागि बिदेशिनु दुखद् भएको बताए । सकरात्मक सोच स्कुल पढने विद्यार्थी देखि देशको मुहार फेर्ने नेता सम्म आवश्यक रहेको औल्याए । नेपालको वर्तमान अवस्थाको विश्लेषण गर्दै पर्यटनविद तथा लेखक समेत रहेका शाक्यले अनेकन सम्भावनाका विचमा रहेको नेपालमा रहेका नेपालीले कुनै खालको लोभ नगरीकन सकारात्मक दृष्टिकोणवाट देश विकासमा लाग्ने हो भने समृद्ध नेपाल निर्माण हुन वेर नलाग्ने बताए ।
स्याङ्जा बौद्धिक थलोको रुपमा परिचित जिल्ला रहेको वताउदै शाक्यले मानीसमा रहेको वौद्धिक क्षमता सकारात्मक तवरवाट समाज परिवर्तनमा लाग्न समेत आग्रह गरे । ७७ वर्षीय अभियन्ता शाक्यले युवा विद्यार्थीलाई लक्षीत गर्दै आफ्नै देशमा मालिक भएर रहन आजैवाट जीवन सकारात्मक वनाउन सोच परिवर्तन गर्न सुझाव दिए । नेपालका जैविक विविधता हेर्नका लागी अधिकांश पर्यटकहरु आउने गरेको भन्दै नेपाल मौलिक कलाको धनी भएको बताउनुभयो । ईष्र्या र जलनले मानिसको पहिचानलाई नष्ट गर्ने भएकाले जिवनको पहिचान गर्न स्वदेशमै आफ्नो सकरात्मक सोँच र परिश्रम लगानी गर्नुपर्ने बताए ।
शाक्यले भने, “नेपाल संस्कार र संस्कृतिको धनी देश हो । संस्कार र संस्कृतिको प्रर्वद्धन तथा जर्गेना गरौँ । आफ्नै पहिचान खोजौँ ।” जराविहिन मानिस कहिल्यै पुर्ण नहुँने भन्दै नाम, पहिचान र सम्मानको जिवन जिउनुको छुट्टै मजा रहेको शाक्यको भनाई थियो ।
कार्यक्रममा वालिङ नगरप्रमुख दिलिपप्रताप खांणले सकरात्मक सोँचले नै समाज सभ्य हुने वताएका थिए । आलोचना, टिका, टिप्पणीलाई स्वीकार गर्दै आलोचनाले आफूलाई सकारात्मक वन्न प्रेरणा मिल्ने वताएका थिए । कार्यक्रममा सकारात्मक सोच अभियानका दिवाकरराज कर्णीकार, अन्तिम गुरुङ, रोजीना आचार्य लगायतले सकरात्मक सोचका बारेमा आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा नमस्ते आँधीखोलाका उपाध्यक्ष गुमानसिंह राना, बाबु एडभाञ्चरका सन्चालक सानोवावु सुनुवार, वालिङ जेसीजका अध्यक्ष राजु तिवारी लगायतले मानव जीवनमा सकारात्मक सोच मात्र नभइ सकारात्मक उर्जाको आवश्यकता रहेको वताएका थिए । नमस्ते आँधीखोलाका अध्यक्ष सुरजप्रताप खांणको अध्यक्षतामा सम्पन्न कार्यक्रम पत्रकार शुसिल सुवेदीले सन्चालन गरेका थिए । सकारात्मक सोँच अभियान २०७३ फाल्गुन ११ गते वालिङबाट शुरु भएको थियो । सातवटा राष्ट्रमा अभियान सन्चालनमा रहेको छ भने नेपालका ४० जिल्लामा ८८ समुह मार्फत अभियानको विस्तार गरिएको जनाएको छ ।